शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – अष्ट्रेलियामा दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ । न्यु साउथ वेल्सको न्यु क्यासलमा कामबाट फर्किदै गरेका २५ वर्षीय र २८ वर्षीया नेपाली युवामाथी छुरा प्रहार भएको हो । बुधबार राती छुरा प्रहार गरिएका एक युवाको घाँटीमा र एक जनाको पाखुरामा चोट लागेको पाइएको छ। उनीहरुको स्थानीय जोन हन्टर अस्पतालमा उपचार भैरहेको छ ।

दुई पुरुष र एक महिला रहेको आक्रमणकारी समूहले २५ वर्षिया घाइतेको पर्स समेत लुटेर लगेका छन्। ती दुई नेपाली युवाहरु एक भारतीय रेस्टुरेन्टमा सेफका रुपमा काम गर्ने गरेको बताइएको छ । आक्रमणकारीले २५ वर्षिया घाइतेको पर्स समेत लुटेर लगेका छन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको बताएको छ।

 

तपाईको प्रतिक्रिया