Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् । आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

‘हामीलाई सरकारमा गएर गल्ती गर्‍यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्’ भनी थापाले राप्रपालाई लछित् गर्दै प्रश्न गरे । हामीले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुने समेत उनले विश्वास व्यक्त गरे । आज आफूहरूले कठिन बाटो रोजेको भन्दै उनले पटक पटक अग्नि परीक्षा पार गरेको मान्छेलाई लाञ्छना लगाई चरित्र हत्या गरेकोमा गुनासो समेत गरे। राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने, सत्तामा नजाने अब सिद्धान्त केन्द्रित राजनीति गर्छौ भन्नेहरू हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई ‘डिपफ्रीज’मा राखेर सत्ता रोहण गरेको समेत आरोप लगाए ।

राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो भन्दै उनले  महाधिवेशनले पास गरेको नीति विपरित राप्रपा सत्तामा गएको बताए । ‘विपरीत  स्वार्थमा हिँडेको शक्तिहरूको विचित्रको ‘उटरुपि’ गठबन्धन बन्यो, राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठुलो ठुलो भ्रष्टाचारमा गासिएकोहरुको गठबन्धन उदेकलाग्दो छ’, उनले भने ।

 

तपाईको प्रतिक्रिया