Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये पहिचान भएका २४ जनाको शव पोखरामा परीक्षण गरिने छ। अन्यको शव नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो।

७२ जना दुर्घटनामा परेकोमा हालसम्म ७० जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई बुझाइने भए पनि पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ।

 

तपाईको प्रतिक्रिया