शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – जहाज दुर्घटनामा मृत्यु भएका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था रहेको छ ।

आइतबारको विदेशी विनियम दरअनुसार एक अमेरिकी डलरको सटही दर १२९.८३ रुपियाँ रहेकाले प्रतिमृतकका परिवारले करिब २५ लाख ९४ हजार रुपियाँ पाउने छन् ।

त्यसैगरी चालकदलका सदस्यहरूले बिमाबापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । दुर्घटनाग्रस्त विमानको बिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमार्फत रहेको छ ।

जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गर्दै सोमबार हुने देशभरको नियमित उडान रद्द गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया