Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३८ जनाको शव सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार, अहिलेसम्म ३८ जनाको शव सनाखत भएको छ। चालक कमल केसी र एअर होस्टेस सिर्जना होङचेनको पनि सनाखत भएको छ।

विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ। विमान दुर्घटनामा हराइरहेका चार जनाको खोजी भइरहेको छ।विमान दुर्घटनामा ज्यान गुमाएका यात्रु र चालक दलका सदस्यका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छन्। पोस्टमार्टम हुन नसक्दा आफन्तजनले शव लैजान पाएका छैनन्।

सोमबार मध्याह्नसम्म ३८ जनाको शव सनाखत भइसकेको छ। उनीहरूका आफन्त अस्पताल बाहिर भेला भएका छन्। एक आफन्तले भने, “हिजो नै सनाखत भइसकेको हो, तर आज पनि लास लैजान पाइएको छैन।”

अहिले शव परीक्षणका लागि काठमाडौंबाट चिकित्सकको टोलीलाई बोलाइएको छ। चिकित्सकको टोली आएपछि परीक्षण हुने र आफन्तजनलाई शव बुझाइने खड्काले बताए।

सनाखत भएका यात्रु:
१) निशान्त आचार्य, पोखरा-१३, काहुँडाँडा
२) संगीता शाही, पोखरा-१७
३) डा. सुशील श्रेष्ठ, पोखरा-४
४) डा. सोना दिवाकर, पोखरा-४
५) रियान पौडेल, कुश्मा-१ पर्वत
६) सदागत अली मियाँ, पोखरा-१३, मियापाटन
७) लक्ष्मी पौडेल, पोखरा-१९, बाटुलेचौर
८) प्रसिद्धि पौडेल, कुश्मा-९, कटुवाचौपारी
९) अरुण पौडेल, कुश्मा-९, कटुवाचौपारी
१०) पूर्णकुमार गुरुङ, पोखरा-२६
११) युकोन्जो, कोरियन नागरिक
१२) विजयकुमार गुरुङ, मोदी-१, पर्वत
१३) रचना काफ्ले पौडेल, कुश्मा-१, पर्वत
१४) रकी गुरुङ
१५) डा. गणेश थापा, शंकरनगर-८, रुपन्देही
१६) लक्ष्मी परियार, काठमाडौं
१७) रिता परियार, काठमाडौं
१८) हरि परियार, काठमाडौं
१९) एस्मिल गुरुङ, पोखरा-८, जनप्रिय
२०) पूजन थापा, पोखरा-१०, बुद्धचोक
२१) सिर्जना होङचेन (एअर होस्टेस), मुर्गिया, बुटवल
२२) त्रिभुवन पौडेल, पोखरा-११, फूलबारी
२३) मोहनप्रकाश श्रेष्ठ, कावासोती-६
२४) जुरिस लेजिन, रसियन नागरिक
२५) एलिना, रसियन नागरिक
२६) जीवनकला गुरुङ, पोखरा-१७, छोरेपाटन
२७) जमुना शर्मा, बिहादी-५, पर्वत
२८) शालिकराम आचार्य, पोखरा-९, नागढुंगा
२९) डा. सुशील र डा.सोनाको छोरा
३०) वन्दना सुनार, पोखरा-९, नागढुंगा
३१) सीता गुरुङ, माछापुच्छ्रे-२, भुजुङ खोला
३२) निरा छन्त्याल, बढीगाड-३, बाग्‍लुङ
३३) अनुषा गुरुङ, पोखरा-८, बगालेटोल
३४) शिवकुमार गुरुङ, पोखरा-८, बगालेटोल
३५) राजुसिंह ठकुरी, पोखरा-३, नदीपुर
३६) अनिल शाही, पोखरा-१, बगल
३७) पास्कल एलेक्स एन्डल,  फ्रान्स
३८) कमल केसी (क्याप्टेन), रुपा-३, कास्की

https://www.himalkhabar.com/news/133989

तपाईको प्रतिक्रिया