Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा जान अनौपचारिक छलफल बढाएको छ । लोसपाका एक नेताले दिएको जानकारी अनुसार सत्ता गठबन्धनबाट एउटा मन्त्रालय दिने गरी प्रस्ताव आएको छ ।उक्त प्रस्तावमा लोसपा सकारात्मक छ तर  कुन मन्त्रालय दिने हो भन्ने चाहिँ प्रष्ट भइसकेको छैन । सत्ता गठबन्धनका प्रमुख दलहरूबीच मन्त्रालयको टुंगो लागेको छैन ।

सरकारमा जाने कि नजाने भन्ने विषयमा लोसपाभित्र केही विवाद पनि देखिएको छ । नेता शरतसिंह भण्डारी सरकारमा जानुपर्ने पक्षमा छन् । उनी यो पटक मन्त्री हुने लाइनमा छन् । तर,अध्यक्ष महन्थ ठाकुरले त्यो विषयमा निर्णय दिएका छैनन् ।

सत्ता गठबन्धनका नेताहरूसँग छलफलका लागि भण्डारीले प्रयास गरे पनि अध्यक्ष ठाकुरले भने मौनता देखाइरहेका छन् । सोही कारण चुनाव अघि पनि सरकारमा जाने विषयमा निर्णय हुन सकेको थिएन । त्यतिबेला पनि भण्डारी मन्त्री हुन चाहिरहेका भए पनि ठाकुरकै कारण सरकारमा जानबाट रोकिएका थिए ।

तपाईको प्रतिक्रिया