काठमाडौँ – पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ । दुर्घटनामा परी निधन भएका ६३ जनाको शव आइतवार फेला पारेर संकलन गरी पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो ।
विमानमा यात्रु र चालक दलका सदस्य गरी कूल ७२ जना रहेकामा ६३ शव संकलन भइसकेका छन् भने ५ शव संकलन गर्न बाँकी छ । अन्य ४ जनालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पहिचान भइसकेका शवलाई अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ ।