Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमान हिजो (आइतबार) अवतरण गर्नुभन्दा केही समयअघि मात्र सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैले ज्यान गुमाएका छन् । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए । यती एयरलाइन्सले यो विमान सन् २०१९ अप्रिल २६ देखि नेपाली आकाशमा उडान थालेको थियो । नाइन एन–एएनसी कोड अंकित यो विमान एटिआर विमान हो ।

सन् २००७ अगस्ट १ मा बनेको यो विमान सबैभन्दा पहिले भारतको किङफिसर एयरलाइन्सले सन्चालन गरेको थियो । अगस्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको यो विमान भारतमा ५ वर्षभन्दा बढी प्रयोग भइसकेको थियो । त्यसपछि यो विमानलाई थाइल्याण्डको नोक एयरले लिजमा लिएर चलाउन थालेको थियो । नोक एयरले २०१३ को अप्रिल १ देखि यो विमानलाई थाइ आकाशमा उडाउन थालेको थियो । त्यति बेला यो विमानको कोड दिइएको थियो– एचएस–डिआरडी ।

त्यसको ६ वर्षपछि नेपालमा यती एयरलाइन्सले यो विमान ल्याएको थियो । सन् २०१९ अप्रिल २६ देखि यो विमानले नेपाली आकाशमा उडान भर्न थालेको थियो । यो विमानले हिजो विहान अरु दुई उडान पनि गरिसकेको थियो । विहान ७ बजे काठमाडौंबाट उडान भरेको यो विमानले पौने आठ बजे पोखराबाट काठमाडौंका लागि उडान भरेको थियो ।काठमाडौंबाट १० बजेर ३२ मिनेट जाँदा फेरि पोखराका लागि उडान भरेको यो विमान अवतरण गर्नुभन्दा केही समयअघि मात्र दुर्घटनाग्रस्त भएको हो । पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा ७ पुसमा यो विमानले डेमो उडान गरेको थियो । त्यसको १० दिनपछि विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा पनि पहिलो उडान भरेको थियो ।

आइतबार भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भइसकेको नागरिक उड्ड्यन प्राधिकरणले पुष्टि गरेको छ । हिजो रात परेपछि खोँचमा भएका कारण ३ शव निकाल्न सकिएको थिएन । आज बिहान बाकि सब निकाल्ने त्यहाँ खटिएका उद्धारकर्मिले बताएका थिए। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए ।

तपाईको प्रतिक्रिया