Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं- भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ। जहाज दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आपतकालीन बैठकबाट प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दुर्घटनास्थलको अवलोकनका लागि पोखरा जाने निर्णय भएको थियो। तर प्रधानमन्त्रीका सल्लाहकारहरुले भीआईपी सवारीले उद्वारमा बाधा आउने भन्दै पोखरा नजान सुझाव दिएपछि पोखरा जाने कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले त्रिभुवन विमानस्थल पुगेर उद्धारको जानकारी लिएका थिए। भीआईपी गएर कर्मचारीलाई काममा ‘डिस्टर्ब’ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। दुर्घटनास्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भने पुगेका छन्।

 

तपाईको प्रतिक्रिया