शनिबार, माघ १४, २०७९
Saturday, January 28, 2023

काठमाडौं – पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्याल समेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको जनाइएको छ ।

उनी आज दुर्घटनाग्रस्त भएको यती एयरलाइन्स ६१९ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् ।

बिहान यति एयरलाइन्सको जहाज सेती खोंचमा विमान खसेको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ ।

तपाईको प्रतिक्रिया