बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम भुक्तानी गरेको छ ।  निगमका अनुसार पुस २९ मा कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो ।

कोषबाट निगमले जहाज खरिदका लागि ऋण लिएको थियो । यसअनुसारको न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो । यसअघि गत असार ३० मा पनि १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

तपाईको प्रतिक्रिया