काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) बेलुकासम्म मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार गर्ने तयारी गरेका छन्। शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। शनिबार बिहान उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
पूर्ण मन्त्रिमण्डल विस्तार भइसकेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनका लागि माघ ३ गते सर्वदलीय बैठक बस्ने उनले बताए । यस्तै एमालेसँग सभामुखका लागि भने कुनै लिखित सहमति नभएको बताएका छन्।