Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत साता २१४३.९३ विन्दुमा रहेको नेप्से, यस साता ५.४६ अंक बढेर २१४९.३९ विन्दुमा पुगेको छ। यस हप्ता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। साताको पहिलो र दोस्रो कारोबार दिन सकारात्मक रहेको नेप्सेमा अन्तिम दुई कारोबार दिन भने करेक्सन भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक बढेको छ। यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको छ। यस साताको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा ५७.२३ प्रतिशत बढेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ६४.५७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजारमा पूँजीकरण गत साताको तुलनामा ०।०५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता सामन्य बढेर ३१ खर्ब ३ अर्ब पुगेको छ।

 

तपाईको प्रतिक्रिया