शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – विश्वकप जितेका लियोनेल मेसी आफ्नो क्लब पिएसजी फर्किएका छन् । आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जितेका मेसी लामो सेलिब्रेसन र बिदापछि बुधबार पिएसजी फर्किएका हुन् ।

पिएसजीले पिएसजीमा मेसीले आफ्ना सहकर्मी नेइमारलगायतका खेलाडीसँग भेट गरेका छन् । विश्वकपपछि भएका खेलमा पिएसजीले पहिलो खेल जितेको थियो भने पछिल्लो खेलमा हार बेहोरेको थियो । सो खेलमा मेसी र नेइमार खेलेका थिएनन् ।

पिएसजीमा आगामी जुनमा सम्झौता सकिन लागेकोले मेसीले आफ्नो सम्झौता नवीकरण गर्ने तयारी गरेको मिडिया रिपोर्ट आइरहेको छ । मेसीको सम्झौताका विषयमा अब केहि दिनमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया