शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन रहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरूबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि प्रचण्डसहितका नेताहरू शीतल निवास पुगेका थिए । प्रचण्ड, ओली, सीके राउत, उपेन्द्र यादवलगायत नेताहरू शीतल निवास पुगेका छन् ।यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । जसअनुसार प्रचण्डले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् ।

तपाईको प्रतिक्रिया