बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।

गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ । राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा राजधानी टोकियोमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका छन् । टोकियोमा लगातार सङ्क्रमित बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख सहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका खबरमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया