Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – अस्पताल भन्नेवित्तिकै बिरामीको उपचार गर्ने ठाउँ भनेर चिनिन्छ । उपचार हुने बेडमै बिरामीको विवाह भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराइरहेका एक युवकले बेडबाटै विवाह गरेका छन् । ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत मंसिर २७मा नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह तय भएको थियो । तर विवाहको अघिल्लो रात एक्कासि पेट दुखेपछि नवीन ह्याम्समा भर्ना भए । उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो । ​ह्याम्स अस्पतालका वरिष्ठ सर्जन डा. अनुज पराजुली लगायतको टिमले अत्याधुनिक ‘ल्याप्रोस्कोपिक’ विधि बाट उनको शल्यक्रिया गरे ।

एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने बित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्‍यो । तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो । त्यसैले सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच अस्पतालको बेडमै नवीन र इंकाले विवाहको विधि पूरा गरे ।

​वरिष्ठ चिकित्सक तथा अत्याधुनिक प्रविधिको मद्दतले दुखाइ कम हुनुका साथै शल्यक्रियापश्चात चाँडै स्वास्थ्यलाभ भएकाले शल्यक्रिया भएको अर्को दिन अस्पतालको बेडबाट विवाह गर्न सहज भएको थियो । नवीन शल्यक्रिया भएको तेस्रो दिन अस्पतालबाट डिस्चार्ज भएका थिए ।

-तस्बिर : ह्याम्स हस्पिटल

तपाईको प्रतिक्रिया