काठमाडौँ – सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत जनकपुर हुँदै मंसिर १३ गते काठमाडौं पसे । काठमाडौँ पसेलगत्तै उनले विभिन्न पार्टीका नेतासँग भेटघाट गरेका छन् ।
संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरुको घरघर पुगेर संवाद गरिरहेका छन् । उनले विभिन्न दलका १० जना नेतालाई भेटिसकेका छन् । यद्यपि यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् ।