काठमाडौँ – चिनियाँ अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा फर्किएका छन्। अन्तरिक्षमा बन्दै गरेको चीनको स्पेस स्टेसनको निर्माणको अन्तिम चरण प्रक्रियालाई अवलोकन गरेर अन्तरिक्ष यात्रुहरुको टोली पृथ्वी फर्किएको हो।
नोभेम्बरमा तिङगंग स्पेस स्टेशनको निर्माण कार्य सकिएको थियो। अन्तरिक्ष यात्रीहरुको टोली आइतवार मंगोलियामा अवतरण गरेका हुन्। चीनको स्पेस एजेन्सीले मिसन पूर्ण सफल भएको जनाएको छ।
पृथ्वीमा अवतरण गरेपछि अन्तरिक्षबाट फर्किएका कमान्डर चेन डोङ र टोलीमा रहेका लिउ याङ र सिया जुछेले आफूहरुले निकै राम्रो महसुस गरिरहेको बताएका छन्। याङ चीनको पहिलो महिना अन्तरिक्ष यात्री पनि हुन्। ‘जन्मभूमि फर्किन पाउँदा निकै खुशी छु,’ याङले भनिन्।
गत बुधवारमात्रै तीन जनाको नयाँ अन्तरिक्ष टोली स्पेस स्टेसन पुगेको थियो। उनीहरु पनि अन्तरिक्षमा ६ महिना बस्ने छन्।