काठमडौं – स्थानीय बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार (आज) छापावाला सुनको मूल्य एक हजार रुपैयाँ वृद्धि भएको हो ।
बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ । त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।