काठमाडौँ – बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनलाई बिहीबार ९८ हजार १०० रुपैयाँ पर्नेछ भने ९७ हजार १०० रुपैयाँ रहेको तेजावी सुनलाई ९७ हजार ६०० रुपैयाँ पर्नेछ ।
आज चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।