मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा घानाले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा घानाले दक्षिण कोरियामाथि ३-२ को जित निकालेको हो । खेलको २४औं मिनेटमा मोहम्मद शालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाएका थिए । ३४औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफको ५८औं मिनेटमा चो गुईसुङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने कोसिस गरे ।

उनले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २२ को बराबरीमा ल्याए । तर, खेलको ६८औं मिनेटमा कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई ३-२ को जित दिलाए । जितसँगै समूह एचको घानाले २ खेलमा ३ अंक जोडेको छ । उसले पहिलो खेल पोर्चुगलसँग गुमाएको थियो । पराजित दक्षिण कोरियाले भने एक अंक जोडेको छ । पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । आजै पोर्चुगल र उरुग्वे पनि आमनासामन्ने हुँदै छन् ।

तपाईको प्रतिक्रिया