शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – सर्बियालाई ३–३ गोलको बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चार्ल्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिच र सर्गेई मिलान्कोभिच साभिचले गोल गरेका थिए । खेलको ५३ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गरेपछि सर्बियाले खेललाई ३–१ मा पु-याएको थियो । यसपछि ६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ । पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार व्यहोरेका थिए । क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया