शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत आवेशमा हालेको बताएका छन् । उनले यसप्रति राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको समेत बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताए । उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन । जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन ।’

उनले भने, ‘जनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र संघीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन । त्यसैले कहीँ न कहीँ विदेशको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया