शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ । हिजो मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको छ । राजधानीका सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया