बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – दृष्यम २ लाई लिएर चर्चामा रहेका अभिनेता अजय देवगनले २२ वर्षको उमेरमा फूल और कान्टेबाट बलिउडमा डेब्यू गरेका थिए । आज अजय देवगनको कुल सम्पत्ति करिब ९१५ करोड नेपाली रुपैयाँ छ। उनको कमाईको मुख्य स्रोत फिल्म र ब्रान्ड एन्डोर्समेन्ट हो ।

गंगुबाई र आरआरआरमा केही मिनेटको भूमिकाका लागि मात्रै उनले करोडौँ भारु लिएका थिए, यसबाट फिल्मको कमाइको अनुमान लगाउन सकिन्छ । उनले गंगुबाई काठियावाडीमा आफ्नो क्यामियोको लागि ११ करोड भारु चार्ज गरे र राजामौलीको आरआरआरका लागि २५ करोड रुपैयाँ शुल्क लिइएका थिए।

अजयले काजोलसँग १९९९ मा विवाह गरेका थिए । अजय र काजोलका दुई सन्तान न्यासा र युग छन् । अजय आफ्नो परिवारसँग मुम्बईको पोश क्षेत्र जुहुमा रहेको बङ्गलामा बस्छन्। चार शयन कक्षको यो बङ्गलामा जिम, स्विमिङ पुल, खेलकुद कोठा, पुस्तकालय र एउटा मिनी थिएटर छ। अजय देवगनाल शिव भक्त हुन्। त्यसैले अभिनेताले आफ्नो मुम्बईको बङ्गलाको नाम ‘शिव शक्ति’ राखेका छन् ।

मिडिया रिपोर्टका अनुसार अजयको यो बङ्गलाको मूल्य करिब ४८ करोड नेपाली रुपैयाँ रहेको छ । यसबाहेक अजयको लण्डनमा बङ्गला पनि छ । लण्डनको पार्कलेनमा रहेको बङ्गलाको मूल्य करिब ८८ करोड नेपाली रुपैयाँ छ ।

विलासी घरमा बस्ने अजयलाई पनि लग्जरी कारको मन छ । अजयले २००६ मा मासेराती क्वाट्रोपोर्ट किनेका थिए । त्यस समय सो कार किन्ने उनी पहिलो भारतीय थिए। सो कारको मूल्य करिब २.८ करोड भारु थियो । यसबाहेक उनीसँग रेन्ज रोभर वोग छ जसको मूल्य २.७ करोड रुपैयाँ छ। उनीसँग मर्सिडिज बेन्ज एस क्लास पनि छ जसको मूल्य १.४ करोड रुपैयाँ छ। यी सबै बाहेक अजयसँग रोल्स रोयस कुलिनन पनि छ। यसको लागत लगभग ६.९५ करोड भारु छ।

अजयसँग आफ्नै निजी जेट पनि छ। सन् २०१० मा अजयले हकर ८०० नामको जेट किनेका थिए । यो जेटको लागत करिब १३४ करोड नेपाली रुपैयाँ रहेको बताइएको छ । अजय प्रायः यसलाई सुटिङ, प्रमोसन र पारिवारिक यात्राका लागि प्रयोग गर्ने गर्छन्।

 

तपाईको प्रतिक्रिया