सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् ।

पराजित मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गर्दा राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए । राजु संविधानसभा सदस्य हुन् । २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए ।

२०७४ को निर्वाचनमा पनि राजु र नारायण आमनेसामने भए । पालोको पैंचो तिर्दै थापालाई हराएर मरासिनी विजयी भएका थिए । मरासिनी र थापा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि लगातार तेस्रोपटक प्रतिस्पर्धी भए । यसपटक भने मरासिनीले जित हासिल गर्न सकेनन् । ७० हजार ९ सय १३ मतमा २ हजार ३ सय १९ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया