सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन्। यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन्। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्।

सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए। लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्। दुई पटक लिङदेन र दुई पटक सिटौलाले जिते। यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया