सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् ।

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले आज मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

उनले संसद्मा जनमुखी मुद्दाहरू उठाउने बताएकी छन् । उनले आफूले मतदाताहरू समक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गरिन् । उनले मतदाताहरूलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।

तपाईको प्रतिक्रिया