सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । उनले २७ हजार १ सय २७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याएका छन् । उक्त क्षेत्रमा २०४८ को आम निर्वाचनदेखि नै लगातार कांग्रेसका उम्मेदवारले जित्दै आएका छन् । कोइरालाले २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा प्रतितिधि सभा सदस्यामा जितेका थिए ।

तपाईको प्रतिक्रिया