सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ (जापानी समय ७) बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ (जापानी समय १०) बजेदेखि सुरु हुनेछ ।

यसैगरी राति ९ः४५ (जापानी समय १) बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ (जापानी समय ४) बजे समूह ‘जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ ।

तपाईको प्रतिक्रिया