शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।

नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपी हालसम्म कुनै हताहतको खबर आएको छैन ।

इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका बाँचेको खोजी गरिरहेका थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको कामिलले बताउनु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने कामिलले बताए । नोभेम्बर २१ मा स्थानीय समयानुसार दिउँसो १ः२१ बजे पश्चिम जाभाको सियानजुर क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको सीएनएनले जनाएको थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको युएसजीएस ले जनाएको छ ।

तपाईको प्रतिक्रिया