Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – आज देशभरि नयाँ सांसदका लागि मतदान भइरहेको छ । देशभरिका विभिन्न मतदान केन्द्रमा मतदाता लाइनमा बसिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि लाइन छ । तर, यो लाइन भोट हाल्नेहरूको नभई विदेश जानेहरूको हो ।चुनावको दिन पनि सयौंको संख्यामा नेपालीहरू विदेश गइरहेका छन् । पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरू खाडी मुलुकसहित मलेसिया र दक्षिण कोरिया जाने गरेका छन् ।आइतबार रातीको उडानबाट विदेश जान लागेका उनीहरुको देशका नेताहरुप्रति आश र भरोसा छैन । नयाँ युवा, स्वतन्त्र युवा र देशमै केही गरौँ भन्ने युवाहरु चुनावमा उठेपनि उनीहरुका सुनौला नाराले युवाहरुलाई देशमा रोक्न सकेन ।झण्डै ७० लाख नेपाली विदेशमा रहेको भनिएपनि त्यो संख्या बढेर अहिले एक करोड पुग्न लागेको छ । तर पनि यो संख्या बढाउनेभन्दा घटाउनेतर्फ कसैको ध्यान छैन । नेपाली नै भएपनि मतदानबाट बञ्चित भएका उनीहरुले यसपटक पनि मतदान गर्न पाएनन् ।उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको भएपनि उनीहरुको अमूल्य मतको कदर हुन सकेको छैन । यो नै नेपालीको विडम्बना हो । हजारौँ नेपाली जुन दिन विदेश जानबाट रोकिन्छन्, त्यो दिन मात्रै देश बन्न सक्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया