बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

 

तपाईको प्रतिक्रिया