शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदान गर्न जाँदा आफ्नो मतदान स्थल र त्यहाँसम्म पुग्नको लागि नागरिक एपले सहज बनाइदिएको छ । अब नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र लिंक गरी आफ्नो मतदान केन्द्र र त्यहाँसम्म पुग्नको लागि गुगल म्याप सहजै थाहा पाउन सकिनेछ ।

– सबैभन्दा सुरुमा नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र लिंक गर्नुहोस् ।

– भोटर आईडी र जन्ममिति मात्र भए पनि मतदाता क्रमसंख्या र मतदान केन्द्र हेर्न सकिन्छ ।

– मतदाता परिचयपत्र बटनमा थिच्नुहोस् । उक्त स्क्रिनको दायाँपट्टि फोटोको माथि तपाईंको मतदाता क्रमसंख्या (क्र.स.) र अन्तिम लाइनमा तपाईंले मतदान गर्ने मतदान केन्द्रको नाम उल्लेख भएको हुन्छ ।

– कुन लाइनमा तपाईं बस्नुपर्ने हो सो मतदान केन्द्रको विवरण देखिनेछ । तलपट्टि गुगल म्याप आइकन देखिन्छ । त्यसमा टच गर्दा आफ्नो मतदान केन्द्रको ठेगाना देखिनेछ (यदि मतदान स्थल जीपीएस विवरण उपलब्ध भएमा)

– नागरिक एपमा देखिने म्याप आयोगमा रहेको विवरण अनुरूप हो । कुनै मतदान स्थल सरेको भएमा त्यो परिवर्तन पनि भएको हुनसक्छ। केन्द्र परिवर्तन भई गुगल म्यापमा केन्द्र नदेखिए नमिले स्थानीय स्तरबाट यकिन गरी मतदान गर्नुहुन आयोगले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया