Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,’ उनले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।’

रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ ।

युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया