शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गायनसम्बन्धी अन्तराष्ट्रिय रियालिटी शो ‘अमेरिकी द भ्वाइस’ मा यतिबेला नेपाली गायिका परिजिता बास्तोलाले चर्चा कमाइरहेकी छिन् । अमेरिकी द भ्वाईसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता उत्कृष्ट १६ भित्र पर्न सफल भएकी छिन् ।

सोमबार राती ८ बजे प्रस्तुत भएको १६ प्रतिस्प्रद्धी मध्ये उनको प्रस्तुति यो सृँखलाकै सर्वोत्कृष्ट भएको निर्णायकहरुले बताएका छन् । यसपटक प्रतियोगी परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय रुपमा आफ्नो प्रस्तुति दिएकी छिन् । यसपटक पारिजिताले ए स्टार इज बोर्न, लेडी गागाको आई विल नेवर लभ अगेन प्रस्तुत गरिन् । उनको भावनात्मक प्रस्तुतिको क्रममा चारै प्रशिक्षकहरू कुर्सीबाट उठे । यसरी परिजिताको भाबुक गीतले प्रशिक्षकहरुको मन जितेको छ । दर्शकबाट पनि उत्तिकै प्रशंसा पाएको छ ।

अब जनताको मतले अगाडी बढाउने या उनको यात्रा यही टुंगो लाग्ने भन्नेबारे दर्शकले दिएको मतदानले पनि फरक पार्नेछ । परिजिताले सुरु देखि नै नेपाली पोशाकमै आफ्नो प्रस्तुति दिँर्दै आएकी छिन । यो चौथो पटक पनि उनले नेपाली पोशाकमै आफ्नो गीत प्रस्तुति दिएकी छिन ।

एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता वास्तोला शीर्ष १६ मा यसै साता पुगेकी हुन् । बुधबार बिहान ७ बजेसम्म प्राप्त हुने मतबाट मंगलबार राती सम्म शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला हुनेछ ।

कार्यक्रममा परिजिता बास्तोलाका प्रशिक्षक जोनले भने, ‘त्यो भावनात्मक रूपमा सुन्दर प्रस्तुति र यसले सबैको हृदयमा तान्यो ।’ ‘तपाईले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो ।’ जोनले भने ।

सोमबार बेलुका सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेन्डको टोलीले सुरुवात गरेको छ । लिजेन्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज र साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शनका गरे । उनीहरुले कार्यक्रममा प्रशंसा पाएका छन् ।

तपाईको प्रतिक्रिया