सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृ शोक परेको छ । मंगलबार बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो ।

उनको निधन कार्डियक अरेष्ट (हृदयाघात)का कारण भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । दुई महिनाअघि मात्रै सुपरस्टार महेश बाबुको आमा इन्दिराको निधन भएको थियो ।श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो । उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो । कृष्णा घट्टामनेनी १९७० र ८० दशकको चर्चित अभिनेता हुन् ।

उनी तेलुगु फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले परिचित थिए । उनले करिब ३५० फिल्ममा अभिनय गरिरहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेसनमा थिए ।

तपाईको प्रतिक्रिया