बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

कहिलेकाहीँ यस्ता कुराहरू धेरै चर्चामा रहन्छन् । केही वर्ष पहिला मात्र श्रीलङ्काको सरकारले भनेको कुरा चर्चामा रहेको थियो । कुरा थियो, लंकाधिपति रावण ।

श्रीलङ्कामा यसको बारेमा एउटा बहस नै चलेको थियो । श्रीलङ्काको सरकारले पाँच हजार वर्ष पहिले पहिलो पटक रावणले विमान उडाएको दाबी गर्यो । यस बारेमा श्रीलङ्काली सरकारले एक विज्ञापन सार्वजनिक गर्दै मानिसलाई रावणसँग जोडिएका कुराहरू शेयर गर्न भनेको थियो ।

यसलाई पर्यटन तथा उड्डयन मन्त्रालयले विभिन्न पत्रिकामा छपाएको थियो । यसमा सिंहली भाषाको प्रयोग गरिएको थियो । उसले विज्ञापनमा भनेको थियो की, ‘हामी रावणको विषयमा गम्भीर शोध गर्न चाहन्छौँ, किनभने संसारमा सबैभन्दा पहिलो पटक विमान रावणले नै उडाएको थियो भन्ने दाबी गर्नका लागि ।’

जानकारी होस् कि, २०१६ मा कोलम्बोमा भएको सिभिल एभिएशनको कन्फ्रेन्सलाई सम्बोधन गर्दै पूर्व उड्डयन मन्त्री निर्मला सिरिपालाले मोर्डन एभिएशनको इतिहास राइट ब्रदर्शबाट सुरु भएको भए पनि श्रीलङ्काका रावण एक बहादुर राजा भएको र उनले दान्दु मोनारा नामको विमान उडाएको बताएकी थिइन् ।

श्रीलङ्काका सिभिल एभिएशन अथोरिटीका पूर्व उपाध्यक्ष शशि दानतुन्जले विश्वमा पहिलो पटक विमान रावणले नै उडाएको बताएका थिए । उनले यसबारेमा धेरै तथ्य आफूसँग रहेको समेत बताएका थिए ।

तपाईको प्रतिक्रिया