शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पात्रो, समाचार, मिति रुपान्तरण लगायत अन्य विभिन्न सेवा एउटै एप मार्फत दिँदै आएको हाम्रोपात्रोले अब छिट्टै नै आफ्नो डिजिटल प्लेटफर्म ‘हाम्रो पे’ पनि सार्वजनिक गर्ने भएको छ । लामो समय देखि आफ्नै डिजिटल प्लेटफर्म सञ्चालन गर्ने तयारीमा रहेको हाम्रोपात्रोले अब भने यो एप सार्वजनिक गर्ने पक्का भएको हो ।

हाललाई भने पूर्ण रुपमा सार्वजनिक गर्नु पूर्व केही सीमित प्रयोगकर्ताको लागि मात्र परीक्षण प्रयोगको रुपमा कम्पनीले यो एप उपलब्ध गराउन लागेको छ । यसको लागि कम्पनीले अहिले इच्छुक व्यक्तिहरूको विवरण संकलन गरिरहेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई हाम्रो पे सार्वजनिक हुनु पूर्व प्रयोग गर्नको लागि गुगल फारम भर्न अनुरोध गरेको छ । औपचारिक रुपमा सार्वजनिक हुनु भन्दा अगाडि हाम्रो पे प्रयोग गर्ने १० प्रयोगकर्ताले भने औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी हुन पाउनेछन् । हाम्रो पात्रोमा हाल हाम्रो ज्योतिष, टेलिहेल्थ (हाम्रोपात्रो हेल्थ), ईकमर्स (हाम्रो गिफ्ट),रेमिट्यान्स लगायतका सेवाहरू उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया