शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – संसारको सबैभन्दा पिरो खुर्सानी क्यारोलाइना रिपर खाएर अमेरिकाका ग्रेगरी फोस्टरले गिनिज वर्ल्ड रेकर्ड बनाएका छन् । फोस्टरले ३३.१५ सेकेन्डमा १० वटा क्यारोलाइना रिपर खाएर रेकर्ड बनाएका हुन् ।

यसअघि ३ वटा क्यारोलाइना रिपर ८.७२ सेकेन्डमा खाने कीर्तिमानी पनि फोस्टरकै नाममा छ । सो रेकर्ड बनाएको नौ महिनापछि फोस्टरले १० वटा क्यारोलाइना रिपर अहिलेसम्मकै छोटो समयमा खाएर अर्को कीर्तिमान बनाएका हुन् ।

पिरो खुर्सानी खाने सोख त धेरैको हुन्छ तर फोस्टर सबैभन्दा पिरो खुर्सानी फटाफट खाने व्यक्तिका रूपमा परिचित छन् । खुर्सानीको पिरो मात्रा मापन गर्ने स्कुभल हिट युनिट (एसएचयू) अनुसार क्यारोलाइना रिपर नै संसारको सबैभन्दा बढी पिरो खुर्सानी भनेर प्रमाणित भइसकेको छ । क्यारोलाइना रिपरमा पिरोको मात्रा २.२ मिलियन एसएचयु छ ।

तपाईको प्रतिक्रिया