शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

माया दिए दोब्बर हुन्छ बुझ सत्य कुरो ।
अप्ठ्यारोमा साथ दिए बन्छ है काम अधुरो !

माया चाहे मायै देऊ आफूलाई जे चाहिन्छ,
होइन भने गोलो पृथ्वीमा सधैँ घाम कहाँ पाइन्छ ?

जस्तो रोप्यो उस्तै फल्ने बुझ कुरोको चुरो !
काँडा दिई फूलको आश नगर भो काम कुरो ।

उमेर पाके मन नि थाके बल्ल बुझेँ नि आज !
ओरालो लागे उकालो भागे कहाँ पुग्दैछु यो साँझ ?

अब रहरले साथ छाडे इच्छा पनि जाग्दैनन्,
अरूको होस्टेमा हैँसे गरे नपुग्ने केही हुँदैनन् ।

उमेर गए रहर छ नि ज्युँका तिंऊँ किन बुझ्दैनौ ?
आश कहाँ मर्दो रैछ के का लागि हामी जिउँदै छौँ ?

उमेर कुर्नै नपर्ने हो मायाको साथ पाउनलाई
संसार नै जित्न सक्छु अझै आँट पाए त तिम्रो नै ।

  • गृष्मा पौड्याल
    टोकियो जापान
तपाईको प्रतिक्रिया