काठमाडौँ – सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ १७ पैसा र बिक्रीमा १३० रुपैयाँ ७६ पैसा पाइन्छ। आइतबार युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा कायम गरिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ १८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४९ रुपैयाँ २० पैसा र बिक्रीदर १४९ रुपैयाँ ८८ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रुपैयाँ ८६ पैसा र बिक्रीमा २७ रुपैयाँ ९८ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६९ पैसा तोकिएको छ।