Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

काठमाडौँ – बिबिसी मास्टरसेफ प्रोफेसनलका बिजेता सेफ सन्तोष शाह नेपालको आफ्नै फुड रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजका रुपमा अनुबन्धित भएका छन् । गत बैशाखमै ठिमिकाे रोयल थाई हस्पिट्यालिटिको ब्यान्क्वेटमा गाला डिनरका साथ आयोजना गरिएको कार्यक्रममा सेफ नेपालको सुरुवाती योजनाबारे जानकारी गराइएको थियो । यसअघि  पार्क भिलेज रिसोर्टमा पत्रकार सम्मेलन गरी कार्यक्रम बारे थप जानकारी एवं प्रशारण मितीसमेत उद्घोष गरिएको थियो तर, सो सम्मेलनको समयमा सेफ सन्तोष शाहको अनुपस्थितिका कारण धर्म पिक्चर्सको आयोजनामा मायामनोर बुटिका होटेलमा अन्तर्कृयात्मक कार्यक्रम गरिएको हो ।

नेपालमै पहिलो पटक खाना पकाउने कला सम्वन्धी प्रतिस्पर्धात्मक रियालिटी टिभी शो “सेफ नेपाल”को प्रारम्भिक तयारीहरु पुरा गरी अब मंसिर महिनादेखी हिमालय टेलिभिजनमा प्रशारण हुने छ । शोको रेकर्डिङ कार्य भने तिहार पछी शुरु हुने आयोजकको दाबी छ । अनलाईन अडिसनका क्रममा २०० भन्दा बढी आवेदकहरुले यस प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी हुन आवेदन दिएका थिए । सो मध्येबाट ८० प्रतियोगी छनोट गरी “सेफ नेपाल” शो को युट्युब च्यानल मा प्रशारण गरिएको छ ।

“सेफ नेपाल” अन्तराष्ट्रय स्तरको खाना पकाउने कला सम्वन्धी शो हो । सन्जिव कपुरको खाना खजाना लगाएतको भारतीय टेलिभिजनका शोहरु, बिबिसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचन्‌, लगायत विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखिहरुले अब नेपालको आफ्नै शोबाट आनन्द एवं मनोरन्जन प्राप्त गर्नेछन । यो शोले नेपाली फुड कल्चर र फुड इकोसिस्टमको विश्व सामु प्रतिनिधित्व गर्ने दाबी गरिएको छ ।

रियालिटी शोहरु मध्ये खाना पकाउने क्रियाकलाप दर्शक माझ सबैभन्दा धेरै हेरिने कार्यक्रममा पर्दछ । त्यस्ता विदेशी कार्यक्रम र विदेशी रेसिपीमा चित्त बुझाउन पर्ने दर्शकले अब नेपालको आफ्नै फुड रियालिटी शो हेर्न पाउने आयोजकले जनाएको छ । कार्यक्रमको निर्णायक भूमिकामा मास्टरसेफ सन्तोष शाह, सेफ गणेश बहादुर ढकाल र भान्से लक्ष्मण प्रसाद भन्डारी हुनेछन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता एवं सेलेबृटी जजको भूमिकामा रहने छिन् ।

शोको निर्माण डाइरेक्टर सिमोश सुनुवारले गर्दै छन् । “सेफ नेपाल” को सेट भक्तपुर ठिमी स्थित रोयल थाइ हस्पिट्यालिटी भित्र रहेको छ । रोयल थाइ हस्पिट्यालिटी यस शोको भेन्यु पार्टनर समेत रहेको छ। लाइभ अडिसन सँगसँगै यस कार्यक्रमको छायाँकन कार्य पनि शुरु हुने छ । अडिसन राउण्ड २ एपिसोड, सो पश्चात इलिमिनेशन राउण्ड ४ एपिसोड, कम्पेटिसन राउण्ड १० एपिसोड, र २ एपिसोडको फाइनल गरी जम्मा १८ एपिसोडको कार्यक्रम हुने छ । यस प्रतिस्पर्धात्मक प्रतियोगिताबाट विजयी हुने एक प्रतियोगिले रु २५ लाख नगद उपहार प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया