काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार गुजरातको केभाडियामा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । यो भेट स्ट्याच्यु अफ युनिटीमा भएको थियो । राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा छन् । उनले मुम्बईको ताज प्यालेस होटलमा २६/११ को हमलाका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरेर आफ्नो यात्रा सुरु गरेका हुन्।
यसपछि, उनले बुधबार आईआईटी मुम्बईको आईआईटी बम्बेमा “इन्डिया एट ७५: युएन इण्डिया पार्टनरशित साउथ-साउथ कोअपरेशन” शीर्षकमा आफ्नो सम्बोधन पनि दिए। एन्टोनियो गुटेरेसको भारत भ्रमण आज सम्पन्न हुँदैछ ।
संयुक्त राष्ट्र प्रमुखले विगत ७५ वर्षमा भारतले हासिल गरेका धेरै उपलब्धिहरूको पनि प्रशंसा गरे। उनले कोविड महामारीमा विश्वभर खोप पुर्याउने मोदी सरकारको नीतिको पनि प्रशंसा गरे। तर मानवअधिकारमाथि पनि प्रश्न उठेको छ ।