शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – देशको संघीय राजधानीका सपिङ सेन्टर अहिले रङ्गिन छन् । दसैँ, तिहार र छठ पर्वका अवसरमा बजार झिलिमिली बनेको हो ।शहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएको छ । बजार डमी पिङ, लटाइले सझिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिने गरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।लगातार चाडपर्व आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यवसायलाई सजाएका हुन् । दसैँ लागेसँगै काठमाडौँका विभिन्न ठाउँका बजार झकिझकाउ देख्न सकिन्छ ।काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दसैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैँ मनाउनेहरू एकै पटक बजारमा पुग्दा चाप बढेको हो ।अर्कातिर यही बेला विदेशबाट दसैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दसैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो छ ।

तपाईको प्रतिक्रिया