शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको छ । काठमाडौँको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको हो ।

एकता सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले हस्ताक्षर गरेका हुन् । लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गरेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया