शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आचरणसम्बन्धी आरोपमा प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ । सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ ।

२० वर्षीय हिदिस जबाफीको हत्या भएको हो । उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ ।

हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले जनाएको छ

तपाईको प्रतिक्रिया