शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित हासिल गरेको छ । काठमाडौँ स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि तिनै गोल अञ्जन विष्टले गरेका हुन् । राष्ट्रिय टिमका लागि अञ्जनको यो पहिलो ह्याट्रिक हो । नेपालले बंगलादेशमाथि खेललाई १७औँ, २६औँ र ३७औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता लिएको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

अञ्जनले राष्ट्रिय टिमका लागि यो ह्याट्रिकसहित १० गोल गरेका छन् । साथै अञ्जनको बंगलादेशविरुद्ध यो चौथो गोल हो । नेपाल र बंगलादेशबीच यो सहित २५ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ भने नेपालले यो जितसहित ८ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

तपाईको प्रतिक्रिया