काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेका छन् ।
वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि बोल्दै ब्लिन्केनले यो कठिन समय रहेको र अमेरिकाले सधैं कठिन समयमा पाकिस्तानको सहयोग गर्दै आएको बताएका हुन् ।
उनले बाढी प्रभावित नागरिकलाई तत्कालै सहयोग नगर्ने हो भने यसले दूरगामी असर भोग्नुपर्ने भएकाले पाकिस्तानलाई सहयोग घोषणा गरिएको बताए । अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहायता प्रदान गरिसकेको छ । यस्तोमा थप एक करोड डलर सहयोग घोषणा गरिएको हो ।
पाकिस्तान र अमेरिकाबीच द्विपक्षीय सम्बन्धको विषयमा कुरा गर्दै ब्लिन्केनले राजनीतिक तथा सार्वजनिक सम्बन्ध बलियो रहेको बताएका छन् । दुई मुलुकको सम्बन्ध पनि सुधार गर्नुपर्ने ब्लिन्केनको भनाई छ ।